काठमाडौं । बंगलादेशमा जारी बंगबन्धु एसियन यू-२३ सेन्ट्रल एसियन जोन अन्तर्राष्ट्रिय पुरुष भलिबल च्याम्पियनसिपअन्तर्गत आज भएको सेमिफाइनल खेलमा नेपाल पराजित भएको छ । ढाकामा भएको खेलमा नेपाललाई आयोजक बंगलादेशले ०-३ को सोझो सेटमा हराएको हो । बंगलादेशले नेपाललाई पहिलो सेट २५-१५, दोस्रो सेट २५-२२ र तेस्रो सेट २५-१३ ले हराएको हो ।
अब बंगलादेशले उपाधिका लागि किर्गिस्तानसँग खेल्नेछ । पराजित नेपालले भने अब तेस्रो स्थानका लागि श्रीलंकासँग खेल्नेछ । च्याम्पियनसिपमा आयोजक बंगलादेशसहित नेपाल, किर्गिस्तान र श्रीलंकाको सहभागिता रहेको छ । यस्तै, अर्को खेलमा श्रीलंकामाथि सोझो सेटमा जित निकाल्दै उपाधिको बलियो दाबेदार किर्गिस्तान फाइनलमा प्रवेश गर्यो ।
बंगलादेशको ढाका मिरपुरस्थित शाहिद शुरवार्दी नेसनल इण्डोर रंगशालामा किर्गिस्तानले श्रीलंकामाथि ३-० को सोझो सेटमा जित निकाल्दै उपाधि नजिक पुगेको हो । प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको पहिलो सेट किर्गिस्तानले २९-२७ ले आफ्नो पक्षमा पारेको थियो । दोस्रो सेटमा २५–२१ को सहज जित निकालेको किर्गिस्तानले तेस्रो सेटमा २५-२० को सहज जित निकाल्न सफल भयो ।
यससँगै किर्गिस्तानले श्रीलंकालाई दोस्रोपटक पराजित गर्न सफल भएको छ । यसअघि राउण्ड रोबिन लिगमा किर्गिस्तानले ३-१ को सेटमा जित निकालेको थियो ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच