‘ए’ डिभिजन लिग निर्धारित मितिमा नहुने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) ले सहिद स्मारक ‘ए’ डिभिजन लिग निर्धारित समयमा नहुने बताएको छ । एन्फा प्रवक्ता सुरेस शाहले शीर्ष डिभिजन लिग २६ पुसबाट नहुने पक्का भएको बताए ।

बिहीबार बसेको एन्फा र सहभागी १४ क्लबको चार घण्टाको बैठक अनिर्णित बन्दा लिग सर्ने पक्का भएको हो । ‘बैठकले कुनैनिर्णय लिन सकेन । अब, २६ गते कुनै पनि हालतमा लिग हुन सक्दैन,’ शाहले भने । उनको अनुसार १४ गते बस्ने बैठकले नयाँ मिति तय गर्नेछ ।

एन्फाले पुस २६ गतेबाट लिग परिमार्जन गर्दै डबल राउन्ड रोबिन आधारमा आयोजना गर्ने र केहि खेलहरु मोफसलमा पु¥याउने जनाएको थियो । यसैगरी एन्फाले लिग पाँच महिनाको गर्ने बताएको थियो ।

आगामी शीर्ष डिभिजन लिगको लागि बिहीबार ९पुस सात गते० अन्तिम टोली दर्ता मिति थियो । अन्तिम दिनसम्म दुई क्लब बाहेक अन्य क्लबले दर्ता नगरेपछि लिग निर्धारित समयमै नहुने पक्का भएको हो ।

ADVERTISEMENT

‘लिग कहिले हुने ? कसरी हुने ? मुख्य प्रायोजक के ? पुरस्कार रकम के दिने ? कुन मैदानमा खेल हुने ? केही टुंगो छैन । झाडा टार्ने लिग गर्न खोजेर मात्र हुँदैन,’ एक क्लबका प्रतिनिधिले भने ।

हालसम्म साविक उपविजेता विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र यसै सिजनको लागि बढुवा भएको चर्च ब्वाइज क्लबले मात्रै लिग खेल्न एन्फामा दर्ता गराएका छन् ।

बाँकी १२ क्लब (साविक विजेता मछिन्द्र फुटबल क्लब, तेस्रो भएको न्युरोड टिम एनआरटी, सातदोबाटो युथ क्लब, मनाङ मस्र्याङ्दी क्लब, थ्रीस्टार क्लब, एपिएफ फुटबल क्लब, हिमालयन शेर्पा क्लब, जावलाखेल युथ क्लब, संकटा क्लब, नेपाल पुलिस क्लब, फ्रेन्ड्स क्लब र बढुवा भएको खुमल्टार युवा क्लब) ले दर्ता गराएका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *