यु २३ टोली ढाका प्रस्थान गर्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । बंगलादेशमा आयोजना हुने बंगबन्धु एसियन यु २३ सेन्ट्रल एसियनजोन अन्तर्राष्ट्रिय पुरुष भलिबल प्रतियोगितामा सहभागी हुन नेपाली टोली आज त्यसतर्फ प्रस्थान गर्दैछ ।

नेपाल भलिबल संघ (एनभिए)ले आइतबार नै १९ सदस्यीय टोलीलाई बिदाई गरेको थियो । टोली आज नै ढाका पुग्ने कार्यक्रम छ । बीच भलिबल टोली भने केहि दिनपछि मात्रै त्यसतर्फ पुग्नेछ ।

ADVERTISEMENT

प्रशिक्षक जगदिश भट्टको प्रशिक्षणमा यसअघि नै १४ सदस्यीय टोली घोषणा भइसकेको छ । नेपाली टोलीको कप्तानमा ओपन स्पाइकर धिरोजकुमार बस्नेत छन् । यसअघि संंघले खुल्ला छनोटमा आएका ८६ खेलाडीबाट राष्ट्रिय टोली निर्माण गरेको थियो ।

बंगबन्धु एसियन यु २३ सेन्ट्रल एसियनजोन अन्तर्राष्ट्रिय पुरुष प्रतियोगितामा नेपालसहित आयोजक बंगलादेश, श्रीलंका र काजकिस्तान रहेका छन् । नेपालले पहिलो खेलमा बिहीबार आयोजक बंगलादेशसँग खेल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *