एमबाप्पेलाई फ्रान्सेली राष्ट्रपतिको सान्त्वना

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

पेरिस । फ्रान्सेली स्टार स्ट्राइकर केलियन एमबाप्पेले विश्वकपको फाइनलमा ह्याट्रिक गरे पनि हार बेहोरे । साविक विजेता फ्रान्स आइतबार अर्जेन्टिनासँग पराजित भयो ।

फ्रान्सेली राष्ट्रपति इम्यानुअल म्याक्रोँले खेलपछि निराश बनेका एम्बाप्पेलाई सान्त्वना दिएका छन् । पराजयसँगै दुःखी बनेका एमबाप्पेलाई राष्ट्रपतिले मैदानमा पुगेर सान्तवना दिएका हुन् । फाइनल खेल हेर्न राष्ट्रपति म्याक्रोँ कतार पुगेका थिए ।

ADVERTISEMENT

एमबाप्पेको ह्याट्रिकले अतिरिक्त समयको खेल बराबरीमा टुंगिएको सुनिश्चित गरे पनि अर्जेन्टिनाले पेनाल्टी सुटआउटमा फ्रान्सलाई ४-२ ले हराएको थियो । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *