काठमाडौं। विहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव नेपालमा रहेको छ। सोमबार (आज) बिहान देशका पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही तराईका थोरै स्थानहरूमा हुस्सु/कुहिरो लागेको छ।
दिउँसो प्रदेश १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा आंशिकदेखि सामान्य बदली तथा बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागको एक/दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
राति प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू-भागमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश १, बागमती प्रदेश र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू-भागको एक/दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ।
देशभर नै जाडो बढिरहेकाले चिसोबाट जोगिने उपाय अपनाउन मौसमविद्ले आग्रह गर्दै आएका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts