एजेन्सी/ब्राजिलका स्टार फुटबल खेलाडी नेमारले एक मुद्दामा सफाइ पाउनुभएको छ । स्पेनको अदालतले उहाँलाई मंगलबार भ्रष्टाचारसम्बन्धी मुद्दामा सफाइ दिएको हो ।
नेमार सन् २०१३ मा सान्तोषबाट बार्सिलोनामा स्थानान्तर हुँदा भएको भनिएको भ्रष्टाचार मुद्दामा फस्नुभएको थियो । ब्राजिलको कम्पनी डिआइएसले नेमार, उहाँका बुबाका साथै सान्तोष र बार्सिलोना क्लबका अध्यक्षहरूले जानाजान स्थानान्तर गर्दा तिर्नुपर्ने डिआइएसलाई बेवास्ता गरेको भनी मुद्दा हालेको थियो । तर, अदालतले विज्ञप्ति जारी गरी नेमारमाथिको मुद्दा सिद्ध नभएको ठहर गरेको छ ।

बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
राजनीतिक नेतृत्व अभिभावक बन्ने कि
नेपाली राजनीति र वाराणसीका पण्डा