इंग्ल्याण्डलाई एक खेल अगावै सिरिज

Read Time = 3 mins

लण्डन । इंग्ल्याण्डले पाकिस्तानविरुद्धको टेस्ट सिरिज एक खेलअगावै जितेको छ । तीन खेलको टेस्ट सिरिजमा इंग्ल्याण्डले दोस्रो खेल २६ रनले जितेसँगै सिरिज २-० ले जितेको हो । इंग्ल्याण्डले दिएको ३५५ रनको लक्ष्य पछ्याएको पाकिस्तानले अलआउट हुनुपूर्व ३२८ रनमात्र बनाएको थियो । पाकिस्तानका लागि साउद शकिलले ९४ रनको अर्धशतकीय इनिङ खेल्नुभयोे । उहाँले आठ चौका प्रहार गर्नुभयो । इमाम उल हकले १०४ बलमा ६० रनको अर्धशतकीय इनिङ खेल्नुभयो । मोहम्मद नवाज र अब्दुल्लाह शाफिक्युले समान ४५-४५ रन बनाउनुभयो ।

मोहम्मद रिजवानले ३० तथा आगा सलमान २० रनमा अविजित रहनुभयो । पाहुना टोलीका लागि मार्क उडले चार तथा ओली रोविन्सन र जेम्स एन्डरसनले समान दुई-दुई विकेट लिनुभयो । ज्याक लिज र जोय रुटले समान एक-एक विकेट लिनुभयो ।

ADVERTISEMENT

टस जितेर पाहुना टोलीले पहिले ब्याटिङ गरेकोमा २८१ रनमा अलआउट भयो । पाहुना टोलीका लागि बेन डुकेट र ओली पोपले अर्धशतक प्रहार गर्नुभएको थियो । डुकेटले ४९ बलमा ६३ तथा पोपले ६१ बलमा ६० रन बनाउनुभएको थियो । मार्क उडले अविजित ३६ तथा विल ज्याक्सले ३१ रन बनाउनुभएको थियो । घरेलु टोलीका लागि अबरार अहमदले सात तथा जायद मोहमदले तीन विकेट लिनुभएको थियो ।

पहिलो पारीमा घरेलु टोलीले २०२ रनमात्र बनाउन सकेको थियो । पाकिस्तानका लागि कप्तान बाबर अजाम र साउद सकिलले अर्धशतकीय इनिङ खेल्नुभएको थियो । कप्तान बाबरले ७५ तथा सकिलले ६३ रन बनाउनुभएको थियो । फहिम असरफ २२ तथा अब्दुल शफिक्यु १४ रनमा आउट हुनुभयो । इंग्ल्याण्डका लागि ज्याक लिचले चार तथा मार्क उड र जोय रुटले समान दुई-दुई विकेट लिनुभयो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?