सो क्योकुसिनमा नेपाल टिम च्याम्पियन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 3 mins

काठमाडौं । नेपाली टोली ११ स्वर्ण पदकका साथ दोस्रो अन्तर्राष्ट्रिय सो क्योकुसिन कराँते प्रतियोगिताको टिम च्याम्पियन बनेको छ । सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेल परिसरमा सम्पन्न प्रतियोगितामा भारतले आठ स्वर्ण जित्दै दोस्रो स्थान हात पार्‍यो ।

नेपाल सो क्योकुसिन कराँते संघको आयोजना तथा अन्तर्राष्ट्रिय अल गेम्स फेडेरेसनको सहयोगमा सञ्चालन भएको प्रतियोगितामा आयोजक नेपालसहित भारत, बंगलादेश, श्रीलंका र भुटानका २७४ खेलाडीहरूले सहभागिता जनाएका थिए ।
प्रतियोगितामा पुरुषको १२, महिला नौ तथा पारा खेलको चारसहित कुल २५ इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगितामा पुरुष २५ केजी तौल समूहमा नेपालका छेसन तामाङ, २५ केजीमा नेपालकै रोचेन मगर, ३० केजीमा विश्वास तामाङ, ३५ केजीमा रोमित महर्जन, ४० केजीमा सञ्जेश गोलान, ४५ केजीमा विवेक तामाङ, ५० केजीमा राजेश नगरकोटी, ५५ केजीमा निरोज नगरकोटी र ७० केजीमा विजय साङतलले स्वर्ण पदक प्राप्त गर्नुभयो ।

ADVERTISEMENT

त्यसैगरी महिलातर्फ नेपालबाट ४० केजी तौल समूहमा दीक्षा पुन, ६५ केजी तौलमा दिपिका पटेल र खुला तौल समूहमा सुमित्रा नगरकोटीले स्वर्ण पदक जित्नुभयो । त्यसैगरी भारतबाट स्वर्ण पदक जित्नेहरूमा महिलातर्फ ३० केजीमा प्रतीक्षा रावल, ३५ केजीमा भन्सिका साहु, ४५ केजीमा श्रेया अकोसी, ५० केजीमा रिद्सा सोनु, ५५ केजीमा अदिती दीलिप, ६० केजीमा श्रेया साइकु रहनुभएको छ ।

पुरुषतर्फ खुला तौलमा भारतका सन्दीप गर्ग तथा ६० केजीमा मिहिर दिवाकरले स्वर्ण जित्नुभयो भने बंगलादेशबाट एकमात्र स्वर्ण ६५ केजीमा अजिज शेखले जित्नुभयो । यसअघि प्रतियोगिताको उद्घाटन बालबालिका, ज्येष्ठ नागरिक तथा समाज कल्याण मन्त्री उमा रेग्मीले गर्नुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *