जमुना र सरला फाइनलमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । सिन्धुपाल्चोककी जमुना दनुवार र सर्लाहीकी सरला दनुवार तेस्रो टोखा नगरपालिका मेयर कप आमन्त्रण जितकुण्डो मार्सल आर्ट प्रतियोगिताको फाइनलमा प्रवेश गर्नुभएको छ । नेपाल जितकुण्डो मार्सल आर्ट संघको आयोजनामा भइरहेको प्रतियोगिताको महिला ५० केजीमुनि सेमिफाइनलमा जमुनाले सिन्धुपाल्चोककी सुस्मिता दनुवार तथा सरलाले काठमाडौंकी सन्ध्या राईलाई पराजित गर्नुभयो । महिला ५० केजीमाथि सिन्धुपाल्चोककी उर्मिला दनुवार र सर्लाहीकी साँझ यादव फाइनलमा पुग्नुभयो ।

त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा भइरहेको प्रतियोगिताको पुरुष ४५.५-५० केजीमा केन्द्रीय डोजाङका विजय थापा र काठमाडौंका प्रदीप बलामी मगर, ५०.५-५५ केजीमा काठमाडौंका मिलन राई र केन्द्रीयका सुनिल विष्ट तथा ५५.५-६० केजीमा केन्द्रीयका सुमन तामाङ र काठमाडौंका डिकेश श्रेष्ठले फाइनलमा स्थान सुरक्षित गर्नुभयो ।

ADVERTISEMENT

टोखा नगरपालिकाको मुख्य प्रायोजनमा भइरहेको प्रतियोगिताको पुरुष ३५.५-४० केजीमा सर्लाहीका सुमित विक र सर्लाहीका कृष्ण पण्डित, ३०.५–३५ केजीमा केन्द्रीयका लोकेन्द्र तामाङ र सर्लाहीका जोनबहादुर लुङ्गेली तथा ४०.५-४५ केजीमा केन्द्रीयका नितेश श्रेष्ठ र सर्लाहीका नितेश कठायतले फाइनल यात्रा तय गर्नुभयो ।

प्रतियोगितामा पुरुषमा ६ र महिलामा दुई गरी आठ स्पर्धामा ९० खेलाडीको सहभागिता रहेको आयोजक जितकुण्डोका महासचिव एवं प्रमुख प्रशिक्षक शिवबहादुर थापाले जनाउनुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?