लिभाकोभिचका कारण दास्रो पटक भाग्यमानी क्रोएसिया

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । क्रोएसियाका गोलरक्षक डोमिनिक लिभाकोभिच फिफा विश्वकप कतार २०२२ को नकआउट चरणमा लगातार दोस्रो पटक प्लेयर अफ द म्याच बनेका छन् ।

अन्तिम १६ को खेलमा जापानविरुद्ध टाइब्रेकरमा नायक बनेका लिभाकोभिच शुक्रबार राति क्वाटरफाइनलमा पनि ब्राजिललाई हराउँदा निर्णायक बने ।

ब्राजिलविरुद्ध टाइब्रेकरमा सुरुवाती प्रहार बचाएका उनले खेलदौरान पनि ११ प्रहार विफल पारेका थिए । लिभाकोभिचले यसअघि जापानविरुद्ध तीन पेनाल्टी प्रहार बचाएका थिए ।

ADVERTISEMENT

एजुकेसन सिटी रंगशालामा शुक्रबार भएको निकै प्रतिस्पर्धात्मक खेलमा दुवै टोलीले गोलका लागि निकै संघर्ष गर्नुपर्यो । निर्धारित ९० मिनेटको खेल गोलरहित बराबरीमा सकिएपछि खेल अतिरिक्त समयमा लम्बिएको थियो ।

अतिरिक्त समयमा ब्राजिलले अग्रता लिएपनि क्रोएसियाले खेल १-१ को बराबरी गरेपछि टाइब्रेकरमा खेलको निर्णय लिइएको थियो ।

जापान र ब्राजिलका लागि टाउको दुखाई बनेका गोलरक्षक लिभाकोभिच अब अर्जेन्टिनाको लागि पनि टाउको दुखाइ बन्ने देखिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?