काठमाडौं । राष्ट्रिय फुटबल टोलीका कप्तान तथा गोलकिपर किरण चेम्जोङले फिफा विश्वकपलाई लक्षित गर्दै भाइबरसँग सहकार्य गर्नुभएको छ । कतारमा विश्वकप फुटबल जारी रहँदा भाइबरले फुटबल उत्सवको क्याम्पेनिङ सुरु गरेको र त्यसमा आफू आबद्ध हुँदा उत्साहित रहेको किरणले बताउनुभएको छ ।
भाइबरको फुटबल उत्सवमा जोडिएर विश्वकप फुटबलका खेल तालिका, नतिजा, अन्य सूचना तथा फिफाका समाचारहरू प्राप्त गर्न सकिने उल्लेख गर्दै किरणले भन्नुभएको छ, ‘त्यसमा तपार्इंहरूले कमेन्ट गर्न सक्नुहुनेछ र त्यसमा पुरस्कार पनि जित्न सकिनेछ ।’
किरणले भाइबरको फुटबल उत्सवमा दुई दिन फुटबलका विषयमा चर्चा गर्न लाइभमा आउने जानकारी पनि दिनुभएको छ । किरण र अभिनव जोशी डिसेम्बर १५ र डिसेम्बर १७ मा दिउँसो २ देखि ३ बजेसम्म लाइभमा आउने किरणले बताउनुभएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements