दक्षिण एसियाली छनोटलाई होनरको साथ

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । विश्व टेबलटेनिस च्याम्पियनसिपका लागि नेपालमा हुने दक्षिण एसियाली क्षेत्रीय टेबलटेनिस छनोट प्रतियोगितालाई होनर मोबाइलले प्रायोजन गर्ने भएको छ ।

आयोजक अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्य र होनरका तर्फबाट सेल्ट्रोन नेपाल प्रालिका प्रमुख कार्यकारी अधिकृत राहुल राठीले सो सम्बन्धी सम्झौता पत्रमा मंगलबार हस्ताक्षर गर्नुभयो ।

ADVERTISEMENT

प्रथम उपाध्यक्ष बज्राचार्यका अनुसार प्रायोजन रकम ५ लाख रुपैयाँ बराबर रहेको छ । प्रतियोगिता मंसिर २२ गतेदेखि लैनचौरस्थित राष्ट्रिय टेबलटेनिस प्रशिक्षण केन्द्रको हलमा हुनेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *