कतार विश्वकप : जापान र क्रोएसिया भिड्दा ब्राजिलले कोरियासँग खेल्दै

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा आज (सोमबार) राउण्ड अफ १६ अन्तर्गतका दुई खेलहरू हुँदैछन् ।

पहिलो खेलमा जापान र क्रोएसियाबीच प्रतिस्पर्धा हुनेछ । अल जानुब स्टेडियममा हुने जापान र क्रोएसियाबीचको खेल राति ८:४५ बजे सुरु हुनेछ ।

आज दुबै टोली जित निकाल्दै क्वाटरफाइनलमा पुग्ने योजनामा रहेका छन् । जापान समूह ‘ई’ बाट विजेता र क्रोएसिया समूह ‘एफ’ बाट उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

ADVERTISEMENT

अर्को खेलमा ब्राजिल र दक्षिण कोरियाबीच प्रतिस्पर्धा हुनेछ । स्टेडियम ९७४ मा हुने ब्राजिल र दक्षिण कोरियाबीचको खेल राति १२:४५ बजे सुरु हुनेछ ।

आज ब्राजिल र दक्षिण कोरिया जित निकाल्दै क्वाटरफाइनलमा पुग्न चाहन्छ । ब्राजिल समूह ‘जी’ को विजेता र दक्षिण कोरिया समूह ‘एच’ को उपविजेता बन्दै नकआउट चरणमा पुगेको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *