नेत्रहीन टी-२० विश्वकपमा नेपालको सहभागिता

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । तेस्रो नेत्रहीन टी-२० क्रिकेट विश्वकपमा नेपालले सहभागिता जनाउने भएको छ । डिसेम्बर ५ देखि १८ तारिखसम्म हुने प्रतियोगिताका लागि १५ खेलाडीसहित २० सदस्यीय नेपाली टोली आइतबार भारत प्रस्थान गरेको छ । खेलहरू भारतको दिल्ली र बैगालुरुमा खेलाइनेछ ।

खिमानन्द गैरेको कप्तानीमा रहेको टोलीका अन्य खेलाडीमा सागर लामा, भरत चौलागाईं, राधेश्याम चौधरी, हेमबहादुर खत्री, टमबहादुर पाल, शान्तबहादुर पहरी, सुनिल राना, प्रेम क्षेत्री, युवराज भण्डारी, खेमराज सापकोटा, सुरेन्द्र तामाङ, नरेश चौधरी, सागर चेपाङ र शंकर रेग्मी रहनुभएको छ ।

ADVERTISEMENT

टिम प्रशिक्षकमा नहेन्द्र निरौला, व्यवस्थापकमा तुम्रु उप्रेती तथा अफिसियलमा नेत्रहीन क्रिकेट संघ नेपालका अध्यक्ष पवन घिमिरे, महासचिव अमृत बराल र कोषाध्यक्ष उपेन्द्र श्रेष्ठ रहनुभएको छ । प्रतियोगितामा नेपाल, बंगलादेश, पाकिस्तान, श्रीलंका, भारत, दक्षिण अफ्रिका र अष्ट्रेलिया गरी सात राष्ट्रले पहिले राउण्ड रोविन लिगका आधारमा प्रतिस्पर्धा गर्नेछन् । लिगमा शीर्ष चार स्थानमा रहने टोली सेमिफाइनलमा पुग्नेछन् ।

लिगमा नेपालले डिसेम्बर ६ मा भारत, ७ मा बंगलादेश, ९ मा अष्ट्रेलिया, १० मा दक्षिण अफ्रिका, १३ मा श्रीलंका र १४ मा पाकिस्तानविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *