काठमाडौं । आयोजक नेक्सस इन्टरनेसनल एकेडेमी र लाइसियम प्याराडाइस पाँचौँ नेक्सस-संकटा कप छात्र फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेका छन् ।
मध्यपुर ठिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा नेक्ससले ग्लेडस्टोनलाई ७-० को फराकिलो गोलअन्तरले पराजित गर्यो । नेक्ससका निखिलले २ तथा अंकित, दिलन लिम्बू, राज थापा मगर र सक्षम भट्टराईले १-१ गोल गर्नुभयो । एक गोल आत्मघाती भएको थियो ।
लाइसियम प्याराडाइसले नेपाल तारालाई ५-० गोलले सहजै हरायो । लाइसियमका सक्सेस सेढाईंले हृयाट्रिक गर्नुभयो भने सुजल खत्री र केशव कोइरालाले १-१ गोल थप्नुभयो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts