विश्वकप लिग-२ : स्कटल्याण्डसँग खेल्दै नेपाल

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । आईसीसी विश्वकप लिग टु अन्तर्गतको त्रिदेशीय सिरिजका लागि नामिबिया भ्रमणमा रहेको नेपालले आज (आइतबार) दोस्रो खेल खेल्दैछ।

दोस्रो खेलमा नेपालले स्कटल्याण्डको सामना गर्दैछ । नेपाल र स्कटल्याण्ड बीचको खेल युनाईटेड क्रिकेट मैदानमा नेपाली समयअनुसार दिउँसो १ः४५ बाट सुरु हुनेछ।

जारी सिरिजमा नेपाल पहिलो जितको खोजीमा छ । यस सिरिजमा दुबै देश दोस्रो खेल खेल्दैछन् ।

ADVERTISEMENT

शुक्रबार भएको पहिलो खेलमा नेपालले वर्षाका कारण नामिबियासँग अंक बाँडेको थियो । अहिलेसम्म विश्वकप लिग-२ मा स्टकटल्याण्डले उत्कृष्ट प्रदर्शन गरिरहेको छ ।

उसले २९ म्याच खेल्दा २० मा जित र ७ खेलमा मात्र हार बेहोरेको छ । नयाँ कप्तान रोहित पौडेलको कप्तानीमा नेपालले पहिलो पटक लिग टु खेलिरहेको छ ।

७ टोली सहभागी विश्वकप लिग टू मा नेपाल २१ खेलमा १८ अंक सहित छैठौं स्थानमा रहेको छ । स्कटल्याण्ड भने २९ खेलमा ४२ अंकका साथ दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *