काठमाडौं । लामो दूरीका धावक रामसुन्दर कार्कीले ललितपुरदेखि जनकपुरसम्मको दौड पूरा गर्नुभएको छ । गोदावरी नगरपालिका, गोदामचौर निवासी कार्कीले सोही स्थानमा आफैँले निर्माण गरेको हनुमान मन्दिरबाट मंसिर ९ गते दौड सुरु गर्नुभएको थियो ।
जम्मा २२५ किलोमिटरको दूरी तय गर्न तीन दिनमा ३६ घण्टा समय लागेको कार्कीले जनाउनुभयो । कार्कीले ललितपुरदेखि जनकपुरसम्मको दौड यात्रा चौथोपटक पूरा गर्नुभएको हो ।
आफूले निर्माण गरेको हनुमान मन्दिरमा गद्दा निर्माणका लागि आर्थिक सहयोग जुटाउन दौडेको कार्कीले जानकारी गराउनुभयो । उहाँको दौड यात्रामा अर्जुनध्वज कार्की, कुमारध्वज कार्की र राजेन्द्र खड्काले आवश्यक सहयोग गर्नुभएको थियो ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts