काठमाडौं । लाइसियम प्याराडाइस र ग्लेडस्टोन पाँचौँ नेक्सस-संकटा कप छात्र फुटबल प्रतियोगितामा क्वाटरफाइनलमा प्रवेश गरेका छन् । नेक्सस इन्टरनेसनल एकेडेमी र संकटा युथ क्लबद्वारा संयुक्तरूपमा आयोजित प्रतियोगितामा लाइसियमले ग्रिनविच एकेडेमीलाई १-० गोलअन्तरले पराजित गर्यो । गोल आत्मघाती भएको थियो ।
मध्यपुर ठिमीस्थित मध्यपुर युथ एसोसिएसनको मैदानमा ग्लेडस्टोनले पाणिनीलाई ५-१ गोलले हरायो । ग्लेडस्टोनका निखिल कार्कीले २ तथा सम्यम कालु, सोहन राजवाहक र सुहान कासुलाले १-१ गोल गर्नुभयो ।
बुधबारको खेलसँगै क्वाटरफाइनल समीकरण तयार भएको छ । क्वाटरफाइनलमा ग्लेडस्टोनको भेट आयोजक नेक्सससँग हुनेछ भने लाइसियमले नेपालटारविरुद्ध खेल्नेछ । बाँकी क्वाटरफाइनल लोयल्टी एकेडेमी र अर्किड तथा श्री सञ्जय साई मन्दिर र बेस्ट ग्रुप भिजन एकेडेमीबीच हुनेछ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts