अप्राकृतिक मैथुन गर्न खोजेको आरोपमा नाबालकद्वारा चौधरीको हत्या

सञ्जिवकुमार मिश्र बारा, संवाददाता
सञ्जिवकुमार मिश्र बारा, संवाददाता
Read Time = 2 mins

बारा । अप्राकृतिक मैथुन गर्न खोज्ने कोल्हवी नगरपालिका ११ रम्पूर्वा टोलका ४३ वर्षीय परिक्षण चौधरीको एक नाबालकले हत्या गरेका छन् ।
परिवर्तित नाम जिल्ला ( कोल्हवी ) (०७९/०८०) नाबालकले आफूसँग चौधरीले अप्राकृतिक मैथुन गर्न खोजेको कारण हत्या गरेको अनुसन्धानका क्रममा बताएको जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरिक्षक होविन्द्र बोगटीले विहिवार पत्रकार सम्मेलनको आयोजना गरि जानकारी दिनुभयो ।

नाबालक र चौधरी मंसिर १३ गते राती गाउँकै रामपुकार चौधरीको खाजा नास्ता पसलमा रक्सी सेवन गरेको प्रउ बोगटीले भन्नुभयो,‘रक्सी सेवन गरिसकेपछि उनीहरु घर फर्किने क्रममा चौधरीले नाबालकसँग अप्राकृतिक मैथुन गर्न खोजेका थिए । चौधरीले बाटोमा जबरजस्ती अप्राकृतिक मैथुन गर्न खोज्दा सिसौको दाउराले प्रहार गरेका थिए । नाबालकको प्रहारबाट घाइते भएका चौधरीलाई पटक पटक दाउराले नमरुन्जेलसम्म प्रहार गरेका थिए । चौधरी मरेपछि उनलाई घटनास्थल नजिकै खाल्टो खनी गाडेको प्रारम्भिक अनुसन्धानबाट खुलेको उहाँले बताउनुभयो ।’
नाबालकले चौधरीलाई मारेर कोल्हवी नगरपालिका ११ स्थित सियाराम चौधरीको गोठघर पछाडी खाल्टो खनी पुरिएको अवस्थामा शव फेला परेको उहाँले बताउनुभयो ।

ADVERTISEMENT

भटनास्थलमा फेला परेको चप्पलको आधारमा कानूनको विवादमा परेका नाबालकलाई पक्राउ गरी थप अनुसन्धान अगाडी बढाइएको उहाँले बताउनुभयो ।

छानविनको क्रममा सिसौको दाउरा, कोदालो, रगत लागेको बोरा, फितावाला चप्पल, रगत लागेको हाफ सर्ट, रगत लागेको जिन्स पाइन्ट समेत फेला पारि थप अनुसन्धान अगाडी बढाइएको उहाँले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *