काठमाडौं । कतारमा जारी फिफा विश्वकप फुटबलमा साविक विजेता फ्रान्सले हार व्यहोरेको छ । उत्कृष्ठ प्रदर्शनका बीचमा पनि फ्रान्सले ट्युनिसियासँग हार व्यहोर्नु परेको हो ।
एजुकेसन सिटी स्टेडियममा बुधबार राति भएको खेलमा फ्रान्सलाई ट्युनिसियाले १-० गोल अन्तरले हराएको हो ।
ट्युनिसियाको जितमा वाह्बी खाज्रीले निर्णायक गोल गरे । उनले खेलको ५८ औं मिनेटमा गोल गरे ।
खेलको इन्जुरी समयमा सब्सिच्युड खेलाडीको रुपमा मैदान प्रवेश गरेका फ्रान्सका एन्टोनियो ग्रीजम्यानले गोल गरेका थिए ।
तर, भीएआरले उनलाई अफसाइड देखाएको थियो । जसको कारण उनको गोलले मान्यता पाएन ।
समूह चरणको अन्तिम खेलमा पराजित भएपनि फ्रान्स समूह विजेताको रुपमा नकआउट चरणमा पुगेको छ ।
समूह ‘डी’ को फ्रान्सले ३ खेलमा ६ अंक जोड्यो । ट्युनिसियाले ३ खेलमा ४ अंक जोड्यो । ट्युनिसिया प्रतियोगिताबाट बाहिरिएको छ ।







Video News Post
Breaking News with Advertisements
Breaking news with related posts