अर्जेन्टिना नकआउट चरणमा प्रवेश

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । फिफा विश्वकप फुटबलमा पोल्यान्डलाई हराउँदै अर्जेन्टिना अन्तिम १६ मा पुगेको छ । आज बिहान भएको खेलमा पोल्यान्डलाई २–० गोलले हराउँदै अर्जेन्टिना नकआउट चरणमा पुगेको हो ।

अर्जेन्टिनाको जितमा एलेक्सिस म्याक आलिस्टरले खेलको ४६औँ र जुलियन अल्भारेजले ६७औँ मिनेटमा गोल गरे ।

बुधबार राति पहिलो हाफ गोलरहित भएको खेलमा दोस्रो हाफको दोस्रो मिनेटमा गोल गर्दै अर्जेन्टिनाले अग्रता लिएको थियो ।

ADVERTISEMENT

यस जितसँगै अर्जेन्टिना समूह ‘सी’ को विजेता बन्दै नकआउट चरणमा पुगेको हो । अर्जेन्टिनाले ३ खेलमा ६ अंक जोड्यो ।

पोल्याण्डले ३ खेलमा ४ अंक जोड्यो । पोल्याण्ड पनि समूह उपविजेता बन्दै नकआउट चरणमा पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *