अन्तरपालिका भलिबल मंसिर २५ देखि

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

बैतडी । बैतडीमा यही मंसिर २५ गतेदेखि जिल्लास्तरीय अन्तरपालिका भलिबल प्रतियोगिता हुने भएको छ । मेनेजर तेजबहादुर चन्द ट्रष्टको आयोजनामा मेनेजर तेजबहादुर चन्द स्मृति जिल्लास्तरीय अन्तरपालिका भलिबलको आयोजना गर्न लागिएको हो ।

ट्रष्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगितामा जिल्लाका १० वटै स्थानीय तहबाट पालिकाको एक टोली सहभागी गराइनेछ ।
प्रतियोगितामा विजेताले एक लाख २५ हजार र ट्रफी, उपविजेताले ७५ हजार र ट्रफी र तेस्रो हुनेले ३५ हजार रुपैयाँ र ट्रफी पाउनेछन् ।

ADVERTISEMENT

प्रतियोगिताका खेलहरू दशरथचन्द खेलमैदान सुन्दरखालीमा हुने जनाइएको छ । सहभागी टोलीलाई मंसिर २० गतेभित्र दर्ता गरिसक्न ट्रष्टले आग्रह गरेको छ । प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग मिल्ने विश्वास गरिएको छ ।

जिल्लामा विभिन्न सामाजिक कार्य गर्दै आएको ट्रष्टले खेलाडीहरूको क्षमता अभिवृद्धिका लागि हरेक वर्ष भलिबल प्रतियोगिताको आयोजना गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *