ब्रुनोको गोलमा पोर्चुगल नकआउट चरणमा

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । पोर्चुगल कतारमा जारी फिफा विश्वकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । समूह ‘एच’ अन्तर्गत लुसेल आइकोनिक स्टेडियममा सोमबार राति भएको खेलमा पोर्चुगलले उरुग्वेलाई २-० गोलले पराजित गरेको हो ।

लगातार दोस्रो जित निकालेको पोर्चुगल एक खेल अगावै नकआउट चरणमा पुगेको हो । यसअघि पहिलो खेलमा पोर्चुगलले घानालाई ३-२ गोलले पराजित गरेको थियो ।

पोर्चुगललाई जिताउन दुवै गोल ब्रुनो फर्नान्डेसले गरे । दुवै गोल दोस्रो हाफमा गरेको पोर्चुगलका लागि ब्रुनोले ५४ अ‍ौं मिनेटमा राफायल गुरेईरोको पासमा खाता खोले ।

ADVERTISEMENT

त्यसपछि दोस्रो हाफको इन्जुरी समयमा ब्रुनोले पेनाल्टीमा गोल गर्दै टोलीलाई सजिलै जिताए ।

पोर्चुगलले २ खेलमा ६ अंक जोडेको छ । पोर्चुगल शीर्ष स्थानमा रहेको छ । उरुग्वे १ अंक जोडेर पुछारमा रहेको छ । यस हारसँगै उरुग्वेको नकआउट चरण पुग्ने सम्भावना कमजोर बनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?