खुकुरी प्रहार गरेर श्रीमतीको हत्या

विवेक खड्का दाङ, संवाददाता

दाङ । दाङमा श्रीमानको खुकुरी प्रहारबाट श्रीमतीको मृत्यु भएको छ ।

तुलसीपुर-६ सुकौरा रोडस्थित ३६ वर्षीय सालिकराम बुढाथोकीले आफ्नै श्रीमती २७ वर्षीय टिका बुढाथोकीलाई आज बिहान खुकुरी प्रहार गरेको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रकास थापाले जानकारी दिनुभयो ।

ADVERTISEMENT

श्रीमतीले बिवाहत्तर सम्बन्ध राखेका कारण आवेगमा आइ श्रीमतीको हत्या गरेको प्रहरी समक्ष आरोपितले बयान दिएका छन् । उनी नेपाल आर्मीमा कार्यरत छन् ।

प्रहरीका अनुसार श्रीमानको खुकुरी प्रहारबाट गम्भिर घाइते भएकी श्रीमतीको उपचारकै क्रममा राप्ती प्रादेशिक अस्पताल तुलसीपुरमा मृत्यु भएको हो । श्रीमतीको हत्या गर्ने श्रीमानलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *