मोरक्कोसँग बेल्जियम २-० ले पराजित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

दोहा । विश्व वरियताको दोस्रो स्थानको बेल्जियम कतारमा जारी विश्वकपमा मोरोक्कोसँग २-० गोलले पराजित भएको छ । अल थुमामा रंगशालामा सम्पन्न खेलमा आफूभन्दा २० बरियता तलको मोरक्कोसँग बेल्जियम पराजित भएको हो ।

पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ७३औं मिनेटमा अब्देलहामिद साबिरीले गोल गर्दै बेल्जियमलाई अग्रता दिलाएका थिए । रोमाञ्चक खेलमा बेल्जियमले पाएको अवसर सदुपयोग गर्न नसक्दा हारबाट जोगिनसकेन ।

निर्धारित ९० मिनेटसम्म लगातार सिर्जना गरेका मौकाको सदुपयोग गर्न नसक्दा बेल्जियम दुर्भाग्यशाली साबित भयो । बेल्जियमले गरेका १० प्रहार मोरक्कोले विफल बनाएको थियो ।

ADVERTISEMENT

इन्जुरी समयमा अगाडि बढेर आक्रामक बनेको बेल्जियमको रक्षापंक्ति खुकुलो भएको थियो । बेल्जियमको सोही कमजोरीको फाइदा उठाउँदै मोरक्कोले काउन्टर अट्याकमा दोस्रो गोल गर्यो ।

हाकिम जिचचले दायाँतर्फबाट दिएको क्रसमा शकारिया अब्दुखलाले सुन्दर गोल गर्दै मोरक्कोको जित दिलाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?