फ्रान्स बन्यो समूहचरण पार गर्ने पहिलो टोली, एम्बाप्पे नायक

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । केलियन एम्बाप्पे नायक बन्दा विश्वकप फुटबलको दोस्रो खेलमा फ्रान्सले सहज जित निकालेको छ । शनिबार राति भएको खेलमा फ्रान्सले डेनमार्कमाथि २–१ गोल अन्तरको जित निकालेको हो ।

स्टेडियम ९७४ मा भएको खेलमा फ्रान्सलाई जित दिलाउन केलियन एम्बाप्पेले दुई गोल गरे । डेनमार्कका लागि आन्द्रेस क्रिस्टेसनले एक गोल गरे ।

खेलका तीन वटै गोल दोस्रो हाफमा सम्भव भएको थियो । खेलको ६१ औं मिनेटमा हर्नान्डेजको पासमा एमबाप्पले फ्रान्सलाई अघि बढाए । त्यसको पाँच मिनेटमा डेनमार्कका क्रिस्टेन्सनले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए ।

ADVERTISEMENT

बराबरीतर्फ उन्मुख खेल सकिन चार मिनेट अघि एन्टोनी ग्रिजम्यानको पासमा एमबाप्पले विजयी गोल गरे ।

जितसँगै फ्रान्सले दुई खेलबाट ६ अंक जोडेको छ । फ्रान्स समूह ‘डी’ को अंक तालिकाको शीर्ष स्थानमा छ । अष्ट्रेलिया तीन अंक जोडेर दोस्रो स्थानमा छ ।

डेनमार्क भने दुई खेलबाट १ अंक जोडेर तालिकाको तेस्रो स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?