अस्ट्रेलियाको महत्वपूर्ण जित

Read Time = 2 mins

दोहा । कतार विश्वकप २०२२ को अन्तिम १६ मा स्थान बनाउन जित्नैपर्ने खेलमा अस्ट्रेलियाले टुनिसियालाई पराजित गरेको छ । शनिबार साँझ सम्पन्न खेलमा अस्ट्रेलियाले समूह चरणको दोस्रो खेलमा टुनिसियालाई १-० गोलअन्तरले पराजित गरेको हो ।

यस खेलमा पराजित भएको खण्डमा अस्ट्रेलिया प्रतियोगिताबाट बाहिरिने थियो । सोहीकारण जितका साथ मैदान उत्रिएको अष्टे«लिया आफ्नो लक्ष्यमा सफल देखियो । समूह ‘डी’मा अस्ट्रेलिया दोस्रो स्थानमा छ । पहिलो खेलमा उसले फ्रान्ससँग हार ब्यहोरेको थियो ।

ADVERTISEMENT

अल जनौब रंगशालामा अष्ट्रेलियाले १-० को जितमा मिसेल डुकले निर्णायक गोल गर्नुभयो । खेलको २३ औं मिनेटमा उहाँले क्रेग गुडविनको क्रसमा हेडर गोल गर्नुभएको थियो ।

अष्ट्रेलियाले कतार विश्वकपमा एसियाली राष्ट्रको सफल सहभागितालाई जारी राखेको छ । समूहमा समान तीन अंक भएपनि फ्रान्स गोल अन्तरको आधारमा शीर्षमा छ । डेनमार्क र ट्युनिसियाले पहिलो खेलमा बराबरी खेल्दै अंक बाँडेका थिए । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *