नेमारले विश्वकपका दुई खेल गुमाउने

Read Time = 2 mins

दोहा । ब्राजिली स्टार फरवार्ड नेमारले विश्वकपका दुई खेल गुमाउने हुनुभएको छ । सर्वियाविरुद्ध २-० को जित निकाल्ने क्रममा दायाँ खुट्टामा चोट बोक्दै मैदानबाट बाहिरिनुभएका नेमारले कम्तीमा दुई खेल गुमाउनुहुने भएको हो ।

सर्वियन डिफेन्डर निकोला मिलेन्कोभिचको ट्याकलका क्रममा चोट लागेपछि नेमारले ८०औँ मिनेटमा मैदान छोड्नुभएको थियो । ब्राजिलले सोमबार स्वीट्जरल्याण्डसँग तथा शुक्रबार क्यामरुनसँग खेल्ने खेल नेमारले गुमाउनुहुने भएको हो । नकआउट चरणमा भने नेमारको उपस्थिति टोलीमा रहने विश्वास गरिएको छ ।

‘नेमारले शुक्रबार एमआरआई गराएका थिए र हामीले दुवै खुट्टाको लिगामेन्टमा क्षति भएको देख्यौँ ।’ ब्राजिल टोलीका चिकित्सक रोड्रिगो लास्मारले भन्नुभयो, ‘यो खासै ठूलो समस्या होइन । केही दिन आराम गर्नुपर्ने हुन्छ । उनी यसै साताभित्र नै खेलमा फर्किनेछन् ।’

ADVERTISEMENT

सर्वियाविरुद्धको जितपछि ब्राजिलका मुख्य प्रशिक्षक टिटेले नेमारले आगामी खेल खेल्न सक्नेमा विश्वस्त हुनुहुन्थ्यो । तर, एमआरआई रिपोर्टमा उनले कम्तीमा पनि एक साता आराम गर्नुपर्ने भएको छ ।

नेमार जारी विश्वकपको एकै खेलमा सर्वाधिक फल गरिएका खेलाडी पनि हुनुहुन्छ । सर्वियाविरुद्ध ८० मिनेट मैदानमा रहँदा उहाँविरुद्ध नौ फल भएको थियो । फ्रान्सेली क्लब पेरिस सेन्ट जर्मेनका फरवार्ड नेमारले विगत केही वर्षयता सोही स्थानमा चोट बोक्दा मैदानबाहिर रहनुभएको थियो । उहाँले २०१९ कोपा अमेरिका र २०२१ मा पनि केही खेल गुमाउनुभएको थियो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *