बर्दिया १ मा नेपाली काग्रेसका सञ्जय गौतम विजयी

दीपककुमार शर्मा बर्दिया, संवाददाता
दीपककुमार शर्मा बर्दिया, संवाददाता
Read Time = 2 mins

बर्दिया । बर्दिया १ मा नेपाली कांग्रेसका सञ्जय गौतम ४ हजार ४ सय ५६ मतान्तरले विजयी हुनु भएको छ ।

गठबन्धनका तर्फ बाट उम्मेदवार रहनु भएका गौतमले ३० हजार ६ सय ११ मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका लक्ष्मणराज ज्ञवालीले २६ हजार १ सय ५५ मत प्राप्त गर्नु भएको थियो ।

यसै गरी नागरिक उन्मुक्ति पार्टिका ठाकुरसिंह थारुले २३ हजार ९ सय ९३ मत ल्याउदा राष्ट्रिय स्वतन्त्र पार्टिका प्रबेश भुसालले ११ हजार ४ मत ल्याउनु भएको थियो ।

ADVERTISEMENT

यता क्षेत्र न १ को प्रदेश सभा (ख) मा नागरिक उन्मुक्ति पार्टिका राजकुमार चौधरी बिजयी हुनु भएको छ । उहाँले १३ हजार २ सय ३० मत प्राप्त गर्नु भएको थियो भने उहाँका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका भक्तबहादुर विकले १२ हजार १ सय ८३ मत ल्याउनु भएको थियो ।

गठबन्धनका तर्फ बाट चुनावी मैदानमा रहनु भएका नेकपा माओवादी केन्द्रका अञ्जु दहितले ११ हजार ४ सय ९० मत ल्याउदै तेस्रो स्थानमा रहनु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज