बर्दिया । बर्दियामा छुट्टाछुट्टै घटनामा परी २ जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार गुलरिया नगरपालिका-३ भगवती टोलकी ४ वर्षीया दीक्षा यादवको पोखरीमा डुबेर मृत्यु भएको हो ।
यसै गरी वडा नम्बर ११ बाधापुरका २१ वर्षीया अस्मिन गद्दीको करेन्ट लागेर मृत्यु भएको हो ।
प्रहरीका अनुसार टायल बनाउन प्रयोग गरिने पोखरीमा डुबेर बालिकाको मृत्यु भएको र पंखाबाट करेन्ट लागि गम्भीर घाइते गद्दीको बर्दिया अस्पतालमा उपचारका क्रममा आज मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts