आफ्नै जन्मभूमिविरुद्ध ब्रीको निर्णायक गोल

Read Time = 2 mins

दोहा । फरवार्ड ब्रील एम्बोलोले आफू जन्मिएको क्यामरुनविरुछ निर्णायक गोल गर्दै फिफा विश्वकप २०२२ मा स्विटजरल्यान्डले जित हात पारेको छ । समूह ‘एच’ अन्तर्गत बिहीबार साँझ सम्पन्न खेलमा एम्बालोको निर्णाक गोलमा स्विट्जरल्याण्डले क्यामरुनलाई १–० गोलअन्तरले पराजित गर्‍यो ।

एम्बोलोले खेलको ४८ औं मिनेटमा जेर्डान शाकिरीको क्रसमा ६ यार्ड बक्सको नजिकबाट गोल गर्नुभएको थियो । ६ वर्षको उमेरमा नै एम्बालो क्यामरुनबाट स्विट्जरल्याण्ड बसाई सर्नुभएको थियो । सन् २०१४ मा एम्बालोले स्विट्जरल्याण्डको नागरिकता पाउनुभएको थियो । आफ्नो जन्मभूमीविरुद्ध गोल गरेपछि उहाँले आफ्नो हात फैलाउँदै आखाँ बन्द गर्नुभएको थियो ।

ADVERTISEMENT

त्यसअघि पहिलो हाफमा नेदरल्याण्ड्सका गोलरक्षक यान सोमरले उत्कृष्ट प्रदर्शन देखाउनुभयो । उहाँले क्यामरुनका कप्तान एरिक चुपो मोटीङलाई वन भर्सेस वनमा विफल पार्नुभयो । यस जितले स्विटजरल्यान्डको तीन अंक भएको छ । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *