एपिएफको लगातार दोस्रो जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

विराटनगर । विभागीय टोली नेपाल एपिएफ क्लबले पहिलो संस्करणको सगरमाथा कप टी–ट्वान्टी क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित हात पारेको छ । विराटनगरको बैजनाथपुर क्रिकेट मैदानमा भएको बिहीबारको पहिलो खेलमा एपिएफले प्रदेश-१ को टोलीलाई आठ विकेटले हराएको हो ।

मैदान ओसिलो भएका कारण १३ ओभरमा घटाइएको खेलमा प्रदेश-१ ले दिएको ९८ रनको लक्ष्य पछ्याएको एपिएफले ११.५ ओभरमा दुई विकेट गुमाएर लक्ष्य पूरा गर्‍यो ।

ADVERTISEMENT

एपिएफको जितमा ओपनर प्रदिप सिंह ऐरीले २९ बलमा ३ चौकाको सहयोगमा ३३ रन बनाउनुभयो । आयुष्मान बम २२ बलमा २८, लोकेश बमले १३ बलमा २ छक्कासहित २० तथा सुन्दीप जोराले अविजित १४ रन बनाउनुभयो । प्रदेश-१ का लागि श्रवण यादवले १ विकेट लिनुभयो ।
त्यसअघि पहिले ब्याटिङ गरेको प्रदेश-१ ले १३ ओभरमा ९ विकेट गुमाएर ९७ रन बनाएको थियो । प्रदेश १ का लागि अंकित सुवेदीले ११ बलमा २ छक्का र २ चौकाको सहयोगमा २४ रन बनाउनुभयो । कप्तान सिद्धान्त लोहनीले १६ बलमा १७ रन जोड्दा शुभाकंर उराउले १६ रन बनाउनुभयो । निरज मुखियाले आठ बलमा १५ रन तथा श्रवण यादवले १५ रन जोड्नुभयो ।

एपिएफका लागि कप्तान भुवन कार्की र किशोर महतोले समान तीन-तीन तथा विपिन खत्री र अमरसिंह राउटेलाले समान एक-एक विकेट लिनुभयो । लगातार दोस्रो जित हात पारेको एपिएफ चार अंक जोडेर शीर्षस्थानमा रहेको छ । पहिलो हार बेहारेको प्रदेश १ भने दोस्रो स्थानमा रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?