भोजपुरमा मत गणना जारी, गठवन्धन दल अगाडी

निरोज कोइराला भोजपुर, संवाददाता
निरोज कोइराला भोजपुर, संवाददाता
Read Time = 3 mins

भोजपुर । भोजपुरमा प्रतिनिधि सभा तथा प्रदेश सभा निर्वाचनको मतगणना जारी रहेको छ । अहिलेसम्मको मत परिणाम अनुसार भोजपुरको प्रतिनिधिसभा तथा प्रदेशसभा दुवै क्षेत्रमा एमालेका उम्मेदवार भन्दा गठवन्धन दलकाउम्मेदवारहरुले बढी मतपाएका छन् ।

कुल खसेको ६२ हजार एक सय ८२ मतमा प्रतिनिधि सभातर्फ १७ हजार एक सय ३० मत गन्दा गठवन्धन दलका उम्मेदवार माओवादी केन्द्रका सुदन किरातीले आठ हजार तीन सय ४८ मत पाउनु भएको छ भने एमालेका उम्मेदवार शेरधन राईले छ हजार तीन सय ६९ मत प्राप्त गर्नु भएको सार्वजनिक गरिएको गणना बिवरणमा उल्लेख छ । दुवै उम्मेदवार बिचको मतान्तर एक हजार नौ सय ७९ देखिएको छ ।

यता प्रदेश सभा (क) तर्फ पनि गठवन्धन दलका उम्मेदवार प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र कुमार राई अगाडी हुुनुहुन्छ । मुख्यमन्त्री राईले आठ हजार नौ सय ११ मत प्राप्त गर्नु भएको छ भने एमालेका हरि बहादुर राईले छ हजार एक सय ४२ मत पाउनु भएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले सार्वजनिक गरेको बिवरणमा उल्लेख छ । दुवै उम्मेदवार बिचको मतअन्तर दुई हजार सात सय ६९ देखिएको छ ।

ADVERTISEMENT

यस्तै प्रदेश सभा (ख) तर्फ पनि गठवन्धनका उम्मेदवार कांग्रेसका बिनोद बान्तवाले पाँचहजार चार सय ७५ मत प्राप्त गर्दा एमालेका खडग बहादुर कार्कीले चार हजार सात सय ५० मत पाउनु भयो । सात सय २५ मत दुई उम्मेदवार बीचको अन्तर हो । यसमाअहिलेसम्म ११ हजार चार सय ४२ गणना भएको छ ।

प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनअन्तर्गत प्रदेश नम्वर १ को पहाडी जिल्ला भोजपुरमा ५० दशमलव ३९ प्रतिशत मतदान भएको थियो भने यहाँ दुवै तर्फ गरेर २५ जना दल र स्वतन्त्रको उम्मेदवारी परेको थियो । प्रतिनिधि सभातर्फ १२ जना, प्रदेश (क) मा ७ जना र प्रदेश (ख) मा ६ जना गरी २५ जनाको उम्मेदवारी छ । भोजपुरमा एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचनकालागि ६४ हजार एक सय २५ पुरुष, ५९ हजार दुई सय ५३ जना महिला र एक जनाअन्य गरी कुल एक लाख २३ हजार तीन सय ७९ जना मतदाता थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?