सेनेगलमाथि नेदरल्याण्ड्सको जित

Read Time = 2 mins

दोहा । स्टार फरवार्ड साडियो माने घाइते भएपछि संकटमा देखिएको सेनेगलले फिफा विश्वकप कतार २०२२ अन्तर्गतको पहिलो खेलमा नेदरल्याण्ड्ससँग हार बेहोरेको छ । अलथुम रंगशालामा भएको खेलमा नेदरल्याण्ड्सले २-० को जित दर्ता ग¥यो ।

नेदरल्याण्ड्सको जितमा कोडी गाक्पो र डेभि कलासेनले १-१ गोल गर्नुभयो । प्रतिस्पर्धात्मक बनेको खेलमा डच टोलीले दुवै गोल खेलको अन्त्यमा मात्रै गर्न सक्यो । गाक्पोले ८४औँ मिनेटमा हेडरमार्फत् गोल गर्दै अग्रता दिलाउनुभयो ।

ADVERTISEMENT

यस्तै, इन्जुरी समयको आठौँ मिनेटमा डेभि क्लासेनले गोल गर्दै नेदरल्याण्ड्सको जित निश्चित पार्नुभयो । खेलअघि नै माने घाइते हुँदा उहाँले विश्वकप गुमाइसक्नुभएको छ । यस्तै, खेलको ७३ औँ मिनेटमा चेखु कोउयाटे घाइते भएर निस्केपछि सेनेगल समस्यामा परेको थियो ।

यस जितसँगै नेदरल्याण्ड्सको तीन अंक भएको छ । समूहको अंक तालिकामा डच टोली इक्वेडरसँग गोल र अंक बराबरीमा छ । इक्वेडरले उद्घाटन खेलमा कतारलाई २–० ले हराएको थियो । एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?