सप्तरी क्षेत्र नम्बर २ मा उपेन्द्र यादवसँगको मतान्तर बढाउँदै सिके राउत

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

सप्तरी । सप्तरी क्षेत्र नम्बर २ मा जनमत पार्टीका राष्ट्रिय अध्यक्ष  डा. सिके राउतले अग्रता कायमै राख्नुभएको छ ।

डा. राउतले ५ हजार ७ सय १८ मत प्राप्त गरी अग्रता कायमै राख्नुभएको हो  । जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव २ हजार ६ सय ४७ मत प्राप्त गरी दोस्रो स्थानमा हुनुहुन्छ । त्यस्तै गठबन्धनका जयप्रकाश ठाकुर १ हजार २ सय ९ मतका साथ तेस्रो स्थानमा हुनु हुन्छ ।

त्यस्तै सप्तरी २ (क) मा जनमत पार्टीका सतिस सिंह ५ हजार ४ सय २३ मत प्राप्त गरी पहिलो स्थानमा हुनु हुन्छ। जनता समाज पार्टीका शैलेन्द्र प्रसाद साह २ हजार ६ सय २९ मत प्राप्त गरी दोस्रो स्थानमा र  लोकतान्त्रिक समाजवादी पार्टीका सरोज मण्डल २ हजार १७ मत प्राप्त गरी तेस्रो स्थानमा हुनु हुन्छ ।

ADVERTISEMENT

सप्तरीकै २ को (ख) मा जनमत पार्टीका महेश यादव ४ हजार २ सय ८९ मत प्राप्त गरी अग्रता कायम गर्नुभएको छ । गठबन्धनका उमेश यादवले २ हजार ३ सय २५ मत प्राप्त गरि दोस्रो स्थानमा र जसपाका लक्ष्मण यादव १ हजार ८ सय ९०  मत प्राप्त गरी तेस्रो स्थानमा हुनुहुन्छ ।

-सुधा देव

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?