अमेरिकी खेलाडीलाई राष्ट्रपति बाइडेनको फोन

Read Time = 2 mins

दोहा । अमेरिकी राष्ट्रपति जो बाइडेनले आफ्नो टोलीले कतार विश्वकपमा आश्चर्यजनक नतिजा ल्याउने बताउनुभएको छ । कतारमा रहेका आफ्ना खेलाडीहरूलाई फोन गर्दै बाइडेनले टोलीमा क्षमतावान खेलाडीको कमी नभएकाले सबैलाई स्तब्ध पार्ने नतिजा ल्याउनेमा विश्वास व्यक्त गर्नुभयो । अमेरिकाले समूह ‘बी’को पहिलो खेलमा वेल्सको समना गर्दैछ । वेल्सले ६४ वर्षपछि विश्वकपमा पुनरागमन गरेको हो ।

सन् १९३० मा विश्वकपको पहिलो संस्करणमा तेस्रो स्थान हात पारेको अमेरिकाले त्यसयता भने उल्लेख्य प्रदर्शन गर्न सकेको छैन । सन् २००२ मा क्वाटरफाइनलसम्मको यात्रा तय गरेको अमेरिका त्यसपछि भने समूह चरणबाट माथि उठ्न सकेको छैन ।

ADVERTISEMENT

‘टोलीमा क्षमतावान खेलाडीको कमी छैन,’ बाइडेनले टेलिफोनमार्फत् खेलाडीलाई सम्बोधन गर्दै भन्नुभएको छ, ‘तपाईंहरू  यसपटक अप्रत्यासित नतिजा दिन सक्षम हुनुहुन्छ भन्नेमा म विश्वस्त छु । तपाईंहरू आफ्नो स्वाभाविक खेल खेल्नुहोस् । सारा राष्ट्रले तपाईंहरूमाथि विश्वास गरेको छ ।’ एजेन्सी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *