उद्घाटन खेलमा कतारलाई हराउँदै इक्वेडरको शान्दार सुरुवात

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

दोहा । आइतबारबाट कतारमा सुरु भएको फिफा विश्वकपमा दक्षिण अमेरिकी राष्ट्र इक्वेडरले विजयी सुरुआत गरेको छ । अल बायत स्टेडियममा आइतबार राति भएको उद्घाटन खेलमा इक्वेडरले आयोजक कतारलाई २–० गोल अन्तरले पराजित गरेको हो ।

इक्वेडरको जितका कप्तान इनर भ्यालेन्सिया नायक बन्दै दुई गोल गरे । खेलको १६ औं मिनेटमा भ्यालेन्सियाले पेनाल्टीबाट गोल गर्दै इक्वेडरलाई सुरुआती अगता दिलाएका थिए ।

ADVERTISEMENT

त्यसपछि खेलको ३२ औं मिनेटमा भ्यालेन्सियाले हेडरमार्फत व्यक्तिगत दोस्रो गोल गर्दै इक्वेडरलाई २–० को जित दिलाए । विश्वकपमा भ्यालेन्सियाको यो पाँचौं गोल हो । भ्यालेन्सिया विश्वकपमा इक्वेडरका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।

त्यसबाहेक दुबै टोलीले दोस्रो हाफमा गोलको अवसर पाएका थिए । तर, दुबै टोलीले सदुपयोग गर्न सकेनन् । यस जितसँगै समूह ए मा रहेको इक्वेडरले पहिलो खेलमै ३ अंक जोडेको छ । कतार विश्वकपको उद्घाटन खेलमा हार व्यहोर्ने पहिलो आयोजक राष्ट्र बनेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?