बाजुरा अपडेट : गोली लागेर घाइते भएका एक जनाको मृत्यु

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

धनगढी । बाजुराको त्रिवेणि नगरपालिकामा विवाद उत्कर्षम पुगेपछि प्रहरीले चलाएको गोली लागेर एक जनाको ज्यान गएको छ ।

गोली लागेर अन्दाजी २५ वर्षीय सञ्जिव अएडीको मृत्यु भएको सुदूरपशिचम प्रदेश प्रहरी कार्यालय धनगढीका सूचना अधिकारी एसएसपी भोलाबहादुर रावलले बताउनु भयो ।

ADVERTISEMENT

उहाँका अनुसार कांग्रेस र एमालेका कार्यकर्ता विच विवाद भएपछि मतदान सकिनै लाग्दा झडप भएको हो । झडपमा सर्वसाधारण र प्रहरीसमेत घाइते भएको समाचार आए पनि पूर्ण विवरण नआएको सूचना अधिकारी रावलले बताउनु भयो । झडपमा अन्य दुई जना घाइते भएका छन् ।

कर्मचारीले समानुपातिक मत हाल्ने बेलामा झडप भएका कारण मतपेटिका र कर्मचारी भने सुरक्षित रहेको एसएसपी रावलले जानकारी दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?