काठमाडौं । मोडल तथा अभिनेत्री कविता नेपालीले सगरमाथा आरोहण गर्ने हुनुभएको छ । यतिबेला उहाँ सगरमाथा आरोहणका लागि आवश्यक पूर्वतयारीमा हुनुहुन्छ । डान्सिङ रियालिटी शोको विजेता कविताले एक सयभन्दा बढी म्युजिक भिडियो, केही वेब सिरिजमा अभिनय गर्नुभएको छ ।
कविताले हालै आफ्नो पहिलो चलचित्र ‘एक्लो’ को छायांकन सक्नुभएको थियो । साइन्स फिक्सनमा आधारित चलचित्र ‘एक्लो’को छायांकनका लागि अपर मुस्ताङ पुग्दा सगरमाथा चढ्ने सोच पलाएको अभिनेत्री कविताले बाउनुभयो ।
सगरमाथा चढ्नुअघि अन्य हिमाल चढ्नुपर्ने र आवश्यक तालिमसमेत लिनुपर्ने भएकाले उहाँ यतिवेला तयारीमा जुटेनु भएको छ । अहिले सगरमाथा बेस क्याम्पमा तयारी गर्दै गर्नुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता