काठमाडौं । नेपाली तथा भोजपुरी चलचित्रमा अभिनय गर्नुभएकी अभिनेत्री तथा मोडल समिता गिरीले नेपालमै पहिलो पटक कर्पोरेल शैलीको सौन्दर्य व्यवसायको शुभारम्भ गर्नुभएको छ । काठमाडौंको कमलपोखरीमा ‘सलोन टाइम बाई आक्स मि मेडम’मार्फत अभिनेत्री गिरीले अहिलेलाई काठमाडौं उपत्यकाभित्र सेवा दिने उद्देश्यले शुभारम्भ गर्नुभएको हो ।
काठमाडौंमा आफूले चाहेको बेला पार्लर अथवा सलुनको सेवा पाउनबाट वञ्चित दिदीबहिनीहरूलाई लक्षित गर्दै उनीहरूको घरमै अथवा तोकिएको स्थानमै गएर सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउने उद्देश्यले यो व्यवसायको थालनी गरेको अभिनेत्री गिरीले जानकारी गराउनुभयो ।
अभिनेत्री गिरीले भारतको लोकप्रिय सलोन टाइमको फ्रेन्चाइजीको रूपमा काठमाडौंबाट यो व्यवसायको थालनी गरेको बताउनुभयो । कमलपोखरीको कृष्ण पाउरोटीनजिकै स्थापना गरिएको ‘सलोन टाइम बाई आक्स मि मेडम’ले सेवाग्राहीलाई उनीहरूले बोलाएको ठाउँमै गएर व्यटीपार्लरसम्बन्धी सम्पूर्ण सेवा उपलब्ध गराउने ‘लग्जरी होम सलुन’को रूपमा काम गर्न थालेको उहाँले बताउनुभयो ।
‘टाइम फर पाम्परिङ योर सेल्फ’ भन्ने नारासहित सञ्चालनमा आएको यो सलुनको कलाकार गिरीकी आमा तारादेवी गिरी तथा श्यामकुमार गिरीसहित केही सेलिब्रेटीले रिबन काटेर समुद्घाटन गर्नुभएको थियो ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts