एजेन्सी । अभिनेत्री तृप्ति डिमरी पपुलर इण्डियन स्टार बन्नुभएको छ । आइएमडिबीले इण्डियन मोस्ट पपुलर फिल्म स्टारको सूची सार्वजनिक गरेको हो ।
उक्त सूचीमा अभिनेत्री तृप्ति पहिलो स्थानमा हुनुहुन्छ । यस उपलब्धिप्रति तृप्तिले खुशी व्यक्त गर्नुभएको छ । ‘यो मेरो लागि निकै राम्रो पल हो । यो वर्ष मेरो लागि निकै राम्रो रहृयो । यस सम्मानका लागि आइएमडिबीलाई धन्यवाद,’ उहाँले भन्नुभएको छ ।
यस सूचीको दोस्रो स्थानमा दीपिका पादुकोण, तेस्रो स्थानमा ईशान खट्टर, चौथो स्थानमा शाहरूख खान, पाँचौं स्थानमा शोभिता धुलिपाला, छैटौं स्थानमा शरवरी वाघ, सातौं स्थानमा ऐश्वर्या राय, आठौं स्थानमा सामन्था रूथ प्रभु, नवौं स्थानमा आलिया भट्ट र दशौं स्थानमा प्रभास हुनुहुन्छ ।
तृप्ति ‘लैला मजनु’ र ‘एनिमल’ जस्ता चलचित्रका लागि चिनिनुहुन्छ । उहाँले अविनाश तिवारीसँग चलचित्र ‘लैला मजनु’मा काम गर्नुभएको थियो । त्यही क्रममा उहाँले रणवीर कपूरसँग चलचित्र एनिमलमा स्क्रिन सेयर गर्नुभएको थियो । यो चलचित्रबाट उहाँले निकै चर्चा पाउनुभएको थियो ।







Breaking news with related posts