काठमाडौं । चलचित्र ‘माइतीघर’ अभिनेत्री उपासना सिंह ठकुरी अनुबन्धित हुनुभएको छ । चलचित्रमा उपासनासहित कलाकार केदार घिमिरे अनुबन्धित भएको निर्माता रोहित अधिकारीले जानकारी दिनुभयो ।
सामाजिक कथावस्तुमा निर्माण हुनलागेको यस चलचित्रलाई मिलन तामाङले निर्देशन गर्दै हुनुहुन्छ भने लेखक रामशरण पाठक हुनुहुन्छ । ५९ वर्षअघि यसै नामबाट चलचित्र ‘माइतीघर’ बनेको थियो ।
जुन निजी क्षेत्रको लगानीबाट बनेको पहिलो चलचित्र समेत हो । त्यहीँ नाम सापटी लिएर रोहितले यो चलचित्र बनाउन लाग्नुभएको हो ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता