काठमाडौं । शिवसुन्दर गोथे र राजेन्द्र कपालीले दोस्रो एपिएम अन्तर्राष्ट्रिय भेट्रान टेबलटेनिस प्रतियोगितामा स्वर्ण जित्नुभएको छ । भेट्रान सिंगल्सको पुरुष ४० वर्षमाथि शिव र ५० वर्षमाथि राजेन्द्र पहिलो हुनुभएको हो । विजेताद्वय गोड स्पिन टीटी एकेडेमीका हो र
भैसेपाटीस्थित आयोजक नेपाल एपिएम प्रा.लि.को हलमा भएको ४० वर्षमाथि फाइनलमा तीन पटकका राष्ट्रिय च्याम्पियन शिवले अर्का राष्ट्रिय खेलाडी चन्दन शाहीलाई ११-४, ११-६ र ११-७ को सोझो सेटमा पराजित गनुभयो । ललितपुर टिटी क्लबका नवीनबहादुर शाक्य र सिवाइसी टिटी क्लबका रविन्द्र शाक्य तेस्रो हुनुभयो ।
राजेन्द्रले ५० वर्षमाथि स्वर्ण भिडन्तमा ललितपुरका कपुर शर्मा पौडेललाई सिधा सेटमा १२-१०, ११-१ र ११-३ ले हराउनुभयो । सिवाइसीका राजेन्द्र बज्राचार्य र कान्तिपुर भ्याली पिङपोङ क्लबका निशान प्रधान तेस्रो बन्नुभयो ।
भेट्रान पुरुष टिम इभेन्टमा गोड स्पिन (राजेन्द्र कपाली, शिवसुन्दर गोथे, रोशन प्रधान, रविनमुणि वज्राचार्य र जविन्द्र बज्राचार्य) पहिलो हुनुभयो । फाइनलमा गोड स्पिनले राजेन्द्र वज्राचार्य, रविन्द्र शाक्य, राजिप वज्राचार्य, किरण ब्यञ्जनकार र आनन्दरत्न धाक्वा सम्मिलित सिवाइसी टोलीलाई ३-१ ले पाखा लगायो । ललितपुरका चन्दन शाही, जयराम महर्जन, निम जोशी, नवीनबहादुर सिंह र कपुर शर्मा पौडेल तथा आयोजक एपीएमका विश्वास गौचन, ठाकुर थापा, पूर्णशंकर श्रेष्ठ र सुमन खड्गी तेस्रो स्थानमा रहनुभयो ।
प्रतियोगिताअन्तर्गत पुरुषमा चार र महिलामा एक गरी पाँच स्पर्धामा प्रतिस्पर्धा भएको थियो । पुरुष ६० वर्षमाथि सिंगल्समा नेपालका रञ्जन सुब्बा पहिलो, दक्षिण कोरियाका नाम साङ वन दोस्रो तथा नेपालका आनन्दरत्न धाक्वा र जगदिश्वर जोशी तेस्रो हुनुभएको थियो ।
महिला ४० वर्षमाथि सिंगल्समा नेपालकी इन्दिरा पराजुलीले स्वर्ण, नेपालकी सम्झना पोखरेलले रजत तथा नेपालकी सरिता बस्नेत र दक्षिण कोरियाकी इम ए सुकले काँस्य जित्नुभएको थियो ।
सोही प्रतियोगिताका दौरान यु-१६ ब्वाइज/गल्र्स एकीकृत प्रतिस्पर्धा पनि गराइएको थियो । एपिएमका आशिष महता पहिलो, बुटवलका विसु सुनार दास्रो तथा एपिएमकी योंगी पौडेल र दक्षिण कोरियाकी पार्क तेस्रोे हुनुभएको थियो ।
भेट्रानतर्फ कुल पुरस्कार राशि चार लाख ५० हजार रुपैयाँ रहेको थियो । हरेक स्पर्धामा शीर्ष तीन स्थान हात पार्नेले क्रमशः ५० हजार, २० हजार र १०-१० हजारका दरले नगद पुरस्कार प्राप्त गर्नुभयोे । यु-१६ का पदक विजेतालाई एक लाख रुपैयाँ बराबरको जिओम नेपालको टेबलटेनिस खेल सामाग्री प्रदान गरिएको थियो । विजेतालाई टेबल टेनिसमा ओलम्पिककी स्वर्णधारी दक्षिण कोरियाकी याङ योङ जा, अखिल नेपाल टेबलटेनिस संघका प्रथम उपाध्यक्ष धर्ममान बज्राचार्य, एपीएमका निर्देशक दानबहादुर महता, जिओम नेपालका प्रबन्ध निर्देशक ज्याकी महर्जनलगायतले पुरस्कृत गर्नुभएको छ ।
भेट्रानमा सहभागीहरूको ‘लक्की ड्र’ गराइ एक विजेतालाई सामसुङ मोबाइल प्रदान गरिएको थियो । त्यसमा राजेन्द्र वज्राचार्य भाग्यमानी रहनुभयो । भेट्रानमा ७० तथा यु-१६ मा २८ खेलाडी सहभागी थिए ।
बिक्रीमा विद्यावारिधि ?
युवा जनशक्ति निर्यात गर्ने देश
गल्तीलाई आत्मसात गर्ने कि अझै
योगचौतारी नेपाल स्वस्थ समाज निर्माणमा
हिमालय टाइम्स र नियमित लेखनका
प्राकृतिक चिकित्सालय र योग चौतारीबीच