नेपाली खेलाडीले भारतको राष्ट्रिय कुङ्फु खेल्ने

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । भारतीय कुङ्फु फेडरेसनको आयोजनामा हुने १४औँ राष्ट्रिय कुङ्फु च्याम्पियनसिपमा सहभागी हुन १८ सदस्यीय नेपाली उमा कुङ्फुको निर्णायक टोली भारतको लखनउ प्रस्थान गरेको छ । नोभेम्बर १९ देखि २१ तारिखसम्म हुने प्रतियोगितामा अन्तर्राष्ट्रिय निर्णायक सिद्धार्थ लामा, सन्जितकुमार राई, भूपेन्द्र गुरुङ, उद्धब थापा मगर र रमेश महर्जनले जजको भूमिका निर्वाह गर्नुहुनेछ ।

रेफ्रीमा कमल मगर, श्याम डंगोल, सञ्जयराज पुतुवार, मओज विन्दुकार, निरञ्जन मोक्तान, मनिष पुतुवार, प्रसाङ तामाङ, सुनिता श्रेष्ठ, सरिना घले, सडन गुरुङ, सूर्य लामा, रवि महर्जन र सिवान सुनुवार रहनुभएको छ ।

ADVERTISEMENT

प्रतियोगिताका सम्पूर्ण खेलहरू नेपाली उमा कुङ्फुको निर्णायक टोलीले सञ्चालन गर्ने नेपाल उमा कुङ्फु संघले जनाएको छ । ‘भारतीय संघले राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा नेपाली उमा कुङ्फुको निर्णायक टोलीले खेल सञ्चालन गर्ने र हाम्रो संघले प्रतियोगिता आयोजना गर्दा भारतीय कुङ्फु फेडरेसनको निर्णायक टोलीले खेल सञ्चालन गर्ने दुईपक्षीय सहमति भएअनुसार हामी लखनउ जान लागेका हौँ,’ संघका वरिष्ठ उपाध्यक्ष सन्जितकुमार राईले भन्नुभयो, ‘यसो गर्दा निर्णय निष्पक्ष हुन्छ भन्ने हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *