ओमानविरुद्ध जर्मनीको संघर्षपूर्ण जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । कतार विश्वकप अघि मैत्रीपूर्ण खेलमा जर्मनीले ओमानलाई १–० अन्तरले पराजित गरेको छ । बुधबार राति भएको खेलमा ८०औं मिनेटमा विंगर निक्लास फुलक्रगले निर्णायक गोल गरेका थिए ।

जर्मनीले एसियन राष्ट्रविरुद्ध जित निकाल्न निकै संघर्ष गर्नु परेको थियो । खेलमा बढि बल पकड बनाएपछि जर्मनी फिनिसिङमा चुकेको हो ।

ADVERTISEMENT

विश्वकपको समूह इ मा रहेको जर्मनीले २३ नोभेम्बरमा जापानसँग खेल्दै विश्वकप सुरुआत गर्नेछ । समूहमा कोस्टा रिका, स्पेन समेत छन् ।

राति नै भएका अन्य मैत्रीपूर्ण खेलमा पोल्यान्डले चिलीलाई १–० अन्तरले, क्रोयसियाले साउदी अरेबियालाई १–० र स्विडेनले मेक्सिकोलाई २–१ अन्तरले पराजित गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *