काठमाडौं । जनजाति महासंघ जापानले नेपाली महिला राष्ट्रिय फुटबल टोलीका खेलाडीलाई फुटबल बुट प्रदान गरेको छ । गत महिना काठमाडौंमा भएको साफ च्याम्यिनसिपमा फाइनल पुगेको नेपाली टोलीलाई महासंघले बुट प्रदान गरेको हो ।
नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वसदस्य वसन्त गौचनसहितको पहलमा महिला टोलीलाई एडिडासको फुटबल बुट हस्तान्तरण गरिएको हो । जापानमा फुटबल प्रशिक्षकका रूपमा कार्यरत गौचनले दशरथ रंगशालामा अखिल नेपाल फुटबल संघ (एन्फा) अध्यक्ष पंकजविक्रम नेम्बाङलाई र उहाँले महिला टोलीका सदस्यलाई हस्तान्तरण गर्नुभएको थियो ।
एक दशकभन्दा लामो समयदेखि जापानलाई कर्मथलो बनाउँदै आउनुभएको उहाँले पोखरामा फुटबल एकेडेमीसमेत सुरु गर्नुभएको छ । वसन्तले नेपालबाट यू-१६, यू-२३ हुँदै राष्ट्रिय टोलीबाट समेत खेल्नुभएको थियो । उहाँले हाल टोकियोकै चोफुओच्का सकर क्लबको युथ टोली सम्हाल्दै आउनुभएको छ ।







देशका अधिकांश जिल्लामा वर्षा, सतर्कता