फुलहममाथि म्यानचेस्टरको रोमान्चक जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 2 mins

काठमाडौं । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेडले रोमान्चक जित निकालेको छ । आइतबार राति भएको खेलमा युनाईटेडले फुलहमलाई २-१ गोल अन्तरले हराएको हो ।

कतार विश्वकप अगाडिको अन्तिम खेलमा म्यानचेस्टरका लागि सब्स्टिच्युट एलेजान्ड्रो गारन्चोले ९३ औं मिनेटमा विजयी गोल गरे ।

यसअघि खेलको १४ औं मिनेटमा क्रिस्टियन एरिक्सनले गोल गर्दै युनाईटेडलाई सुरुआती अग्रता दिलायाका थिए । खेलको ६१ औं मिनेटमा डानिल जेम्सले गोल गर्दै फुलहमलाई १-१ गोलको बराबरीमा ल्याए । जितसँगै युनाईटेडले १४ खेलमा २४ अंक जोडेको छ ।

ADVERTISEMENT

यो जितपछि म्यानचेस्टर २६ अंकका साथ पाँचौँ स्थानमा छ । फुहलम भने १९ अंकमा नवौं स्थानमा छ ।

आइतबार राती नै भएको अर्को खेलमा एस्टन भिल्लाले ब्राइटनलाई २-१ ले पराजित गरेको छ । भिल्लाले सिजनको पहिलो ‘अवे’ जित निकाल्ने क्रममा उसका लागि ड्यानी इन्ग्सले दुवै गोल गरे । हारले ब्राइटन २१ अंकमा सातौं स्थानमा झरेको छ भने भिल्ला १८ अंकमा १२ औं स्थानमा उक्लेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *