प्रदीप र अभिलाषा च्याम्पियन

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 9 mins

काठमाडौं । प्रदीप खड्का र अभिलाषा विष्टले दोस्रो संस्करणको वीर गणेशमान सिंह राष्ट्रिय टेनिस प्रतियोगिताअन्तर्गत एकलतर्फको उपाधि जित्नुभएको छ । सातदोबाटोस्थित टेनिस कोर्टमा शनिबार पुरुष एकलतर्फ प्रदीप र महिला एकलतर्फ अभिलाषा च्याम्पियन बन्नुभएको हो ।

नेपालका नम्बर एक खेलाडी प्रदीपले फाइनलमा ऋतिक रानालाई ६-४ र ६-४ ले पराजित गर्दै उपाधि हात पार्नुभयो । प्रदीप नवौँ राष्ट्रिय खेलकुदका पुरुष एकलको स्वर्णधारीसमेत हुनुहुन्छ । पुरुष एकलमा निशान श्रेष्ठ र प्रणव खनाल संयुक्त तेस्रो स्थानमा रहनुभयो ।
महिलातर्फ अभिलाषाले फाइनलमा सुनिरा थापालाई ६-२ र ७-६ ले पराजित गर्नुभयो । महिलातर्फ आइशा डोल्कर गुरुङ र सर्भानी श्रेष्ठ संयुक्त तेस्रो स्थानमा रहनुभयो । पुरुष डबल्सको उपाधि ऋतिक राना र निशान श्रेष्ठको जोडीले जित्यो । प्रदीप खड्का र प्रणव खनालको जोडी दोस्रो र सक्षमबिक्रम शाह र राजवीर प्रधान तथा केशवप्रसाद गौचन र सौरभनाथ पन्तको जोडी तेस्रो भयो ।

पुरुषको ३५ वर्षमाथिको एकलतर्फको उपाधि कमलबहादुर भण्डारीले जित्नुभयो । जितेन्द्र परियार दोस्रो तथा सन्तोष खत्री र सिमान्त गुरुङ तेस्रो हुनुभयो । पुरुषको ४५ वर्षमाथिको एकलको उपाधि महेश श्रेष्ठले हात पार्नुभयो । विमलकुमार गुरुङ दोस्रो तथा रोहित सुनुवार र मनोजबिक्रम शाह संयुक्त तेस्रो हुनुभयो । पुरुषकै ५५ वर्षमाथि एकलको उपाधि विमलकुमार गुरुङले हात पार्नुभयो । उत्तमकुमार लामा दोस्रो तथा जीवन घिमिरे र निराजन श्रेष्ठ संयुक्त तेस्रो हुनुभयो ।

पुरुषको ६५ वर्षमाथि एकलको उपाधि विदुर विष्टले हात पार्नुभयो । ज्ञानेन्द्रमान ताम्राकार दोस्रो तथा हर्कबहादुर गुरुङ तेस्रो हुनुभयो ।
३५ वर्षमाथिको पुरुष डबल्सतर्फको उपाधि कमल भण्डारी र यज्ञ भण्डारीको जोडीले जितेको छ । सन्तोष खत्री र सिमान्त गुरुङको जोडी दोस्रो हुँदा राजु क्षेत्री र ईश्वर जिसी तथा नरेशबहादुर र विनयमान तुलाधरको जोडी तेस्रो भयो ।

पुरुष ४५ वर्षमाथि डबल्सको उपाधि डिगेन्द्र श्रेष्ठ र चन्द्र शाहीको जोडीले हात पार्‍यो । सुदर्शन विष्ट र राजु क्षेत्रीको जोडी दोस्रो तथा कृष्ण घले र महेश श्रेष्ठको जोडी र शिव सेढाई र हिमाल शाहको जोडी तेस्रो भयो ।

५५ वर्षमाथि पुरुष डबल्सको उपाधि कृष्ण घले र सुवर्ण धाख्वाको जोडीले हात पार्‍यो । निरञ्जन श्रेष्ठ र राम रानाको जोडी दोस्रो, जीवन घिमिरे र सुदर्शन विष्टको जोडी तथा हिमाल शाह र जोली तारगानको जोडी तेस्रो भयो ।

प्रतियोगिताअन्तर्गत नै यू-८ गल्र्सको उपाधि सारा पन्तले हात पार्नुभयो । थिया श्रेष्ठ दोस्रो र निम्ति कुँवर र प्रकृति ज्ञवाली तेस्रो स्थानमा रहनुभयो । यू-८ ब्वाइजको उपाधि आर्यशराज पौडेलले जित्नुभयो । सभ्यजंग कार्की दोस्रो र आरित मल्ल तथा मेदान्त चालिसे तेस्रो हुनुभयो । यू-९ ब्वाइजमा पनि आर्यशले उपाधि जित्नुभयो । सुजन कुईंकेल दोस्रो तथा आरित मल्ल र विश्वविश्वास डल्लाकोटी तेस्रो हुनुभयो ।
यू-९ गल्र्सको उपाधि अनुश्री धोजुले जित्नुभयो । जेनिशा ज्ञवाली दोस्रो तथा सर्भाना गुरुङ र सारा पन्त तेस्रो हुनुभयो ।

ADVERTISEMENT

यू-१० को ब्वाइजतर्फ सुजन कुईंकेलले उपाधि जित्दा युभेनमान श्रेष्ठ दोस्रो तथा विश्वविश्वास डल्लाकोटी र साम्खा हाङ राई तेस्रो हुनुभयो । यू-१० गल्र्समा साल्भी शेरचनले उपाधि जित्दा मेरिशा थापा दोस्रो तथा अनुश्री धोजु र जेनिशा ज्ञवाली तेस्रो हुनुभयो ।

यू-१२ गल्र्सको उपाधि शिभाली गुरुङले हात पार्नुभयो भने स्वस्तिका विष्ट दोस्रो तथा मेरिशा थापा र प्रजना मानन्धर तेस्रो स्थानमा रहनुभयो । यू-१२ ब्वाइजको उपाधि बृजेश अर्यालले जित्दा असभ हाडा दोस्रो तथा स्पन्दन उदास र आदिल नेपाल तेस्रो हुनुभयो । यू-१४ गल्र्सको उपाधि सुनिरा थापाले जित्दा शिभाली गुरुङ दोस्रो तथा नाला मास्के र स्वस्तिका विष्ट तेस्रो हुनुभयो ।

यू-१४ ब्वाइजको उपाधि आयुषमान हजुर घलेले जित्दा बोरिस अधिकारी दोस्रो तथा दर्शिल श्रेष्ठ र निषाद जोशी तेस्रो हुनुभयो । प्रतियोगितामा महिला र पुरुष एकल विजेताले ट्रफी, मेडलसहित ८० हजार, दोस्रोले ४० र तेस्रोले २० हजार नगद पुरस्कार प्राप्त गर्नुभयो । पुरुष डबल्सको विजेताले ४० हजार, उपविजेताले २० हजार र तेस्रोले १० हजार प्राप्त गर्नुभयो ।

पुरुष ३५ वर्षमाथि एकलका शीर्ष तीनले क्रमशः ४० हजार, २० हजार र १० हजार प्राप्त गर्दा पुरुष ३५ वर्षमाथि डबल्सका शीर्ष तीनले २५ हजार, १५ हजार र पाँच हजार प्राप्त गरेका छन् । पुरुष ४५ वर्षमाथि एकलतर्फको शीर्ष तीनले ३० हजार, १५ हजार र पाँच हजार प्राप्त गर्दा ४५ वर्षमाथि डबल्सले २० हजार, १० हजार र पाँच हजार प्राप्त गरे ।

५५ वर्षमाथिका एकलले २० हजार, १० हजार र पाँच हजार, ५५ वर्षमाथि डबल्सले १५ हजार, आठ हजार तथा ६५ वर्षमाथिका शीर्ष तीनले १५ हजार, सात हजार ५०० र पाँच हजार नगद पुरस्कार प्राप्त गरे । जुनियरतर्फको विजेता, उपविजेता र तेस्रोले आकर्षक गिफ्ट हृयाम्पर प्राप्त गरे ।

वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीको आयोजनामा सम्पन्न प्रतियोगितामा विभिन्न २३ इभेन्ट्समा प्रतिस्पर्धा भएको थियो । विजेता खेलाडीलाई प्रमुख अतिथि तथा नेपाली कांग्रेसकी नेतृ सिर्जना सिंह, नेपाल लनटेनिस संघका अध्यक्ष तथा नेपाल ओलम्पिक कमिटीका उपाध्यक्ष ज्योति राणा, गणेशमान सिंह फाउण्डेशनका बोर्ड सदस्य तथा प्रतियोगिता संयोजक भाष्करमान सिंह, वीर गणेशमान सिंह स्पोर्ट्स कमिटीका संयोजक सञ्जीव तुलाधर, कमिटीका सल्लाहकार राजीव श्रेष्ठ, राखेपको तालिम तथा प्रशिक्षण विभागका निर्देशक प्रचण्ड शर्मा, राखेपका बोर्ड सदस्य शैलेश कर्माचार्यलगायतले पुरस्कृत गर्नुभएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *