काठमाडौं । पाकिस्तानविरुद्धको मैत्रीपूर्ण खेलका लागि नेपाली राष्ट्रिय फुटबल टोलीको घोषणा भएको छ । मुख्य प्रशिक्षक प्रवेश कटुवालले शुक्रबार २३ सदस्सीय टोलीको घोषणा गर्नुभएको हो । नेपालले घोषणा गरेको टोलीमा नियमित कप्तान तथा गोलकिपर किरण चेम्जोङ भने हुनुहुन्न् । किरण व्यावसायिक क्लब फुटबलका लागि भारतमा रहेका कारण टोलीमा नरहनुभएको हो । उहाँ आईलिग टोली राउण्डग्लास पञ्जाव एफसीमा अनुबन्धित हुनुहुन्छ ।
मिडफिल्डर आभास लामिछानेले पहिलो पटक राष्ट्रिय टोलीमा स्थान बनाउनुभएको छ । नेपालले कात्तिक ३० गते पाकिस्तानसँग दशरथ रंगशालामा एक मैत्रीपूर्ण खेल खेल्नेछ । मैत्रीपूर्ण खेल फिफा डे अन्तर्गत हुनेछ । खेल साँझ ५ः३० बजे सुरु हुनेछ । एन्फाले टिकट काटेर हेर्ने एक भाग्यशाली दर्शकले कतारमा आयोजना हुने फिफा विश्वकपअन्तर्गत ब्राजिल र क्यामरुनबीचको खेलको टिकट पाउने जनाएको छ । विजेता गोलापर्थाद्वारा छनोट गरिने एन्फाले जनाएको छ ।
घोषित नेपाली टोलीको गोलरक्षकमा गोलकिपर विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु, डिफेन्डरमा रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, दिनेश राजवंशी, विकास खवास, गौतम श्रेष्ठ, निशान खड्का, मिडफिल्डरमा तेज तामाङ, सेसेहाङ आङ्देम्बे, सुरज जिउ ठकुरी, पुजन उपरकोटी, एरिक विष्ट, आभास लामिछाने र फरवार्डमा अन्जन विष्ट, विमल घर्तीमगर, नवयुग श्रेष्ठ, आयुष घलान, सुनिल बल, ऋतिक खड्का र सुजल श्रेष्ठ रहेका छन् ।







This is breaking news.
Video News Post
Breaking News with Advertisements
Breaking news with related posts