लेस्टरको पहिलो जित

हिमालय टाइम्स कालिकोट, संवाददाता
हिमालय टाइम्स कालिकोट, संवाददाता
Read Time = 1 min

काठमाडौं । लेस्टर सिटीले इङलिस प्रिमियर लिगमा यस सिजनको पहिलो जित निकालेको छ । सोमबार राति जेम्स म्याडिसनको उत्कृष्ट प्रदर्शनप्रेरित लेस्टरले नटिङघम फरेस्टलाई ४-० ले निराश पार्यो ।

२५औैं मिनेटमा म्याडिसनको गोलमा लेस्टरले अग्रता लियो । त्यसको दुई मिनेटपछि नै हार्भे ब्रान्सले गरेको गोलमा लेस्टरले अग्रता दोब्बर बनायो ।

ADVERTISEMENT

३५औं मिनेटमा म्याडिसनले लेस्टरको अग्रता ३-० मा पुर्‍याएका थिए । ७३औं मिनेटमा प्याटसन डकाले लेस्टरको लागि चौथो गोल गरेका थिए ।

आठ खेलमा चार अंकसहित लेस्टर १९औं स्थानमा उक्लिएको छ । समान खेलमा समान चार अंक जोडेको नटिङघम फरेस्ट २०औं स्थानमा छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0 Like Like
0 Love Love
0 Happy Happy
0 Surprised Surprised
0 Sad Sad
0 Excited Excited
0 Angry Angry

Leave a Reply

Your email address will not be published. Required fields are marked *

रिलेटेड न्युज

छुटाउनुभयो कि ?